महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व द्वादशी - १२

शाखागत कार्य

शाखाका मुख्य कार्यहरु

आन्तरिक तथा आर्थिक प्रशासन शाखा 

  • महालेखा नियन्त्रक कार्यालयको आर्थिक प्रशासन सञ्‍‍चालन सम्बन्धी कार्यहरु गर्ने,
  • योजना शाखाको समन्वयमा महालेखा नियन्त्रक र अन्तर्गतका कार्यालयहरुको बजेट तयारी गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायहरुको बेरुजुको लगत राख्‍ने, सम्परीक्षण, फर्छ्यौट र प्रतिवेदन गर्ने,
  • सार्वजनिक लगानी तथा दायित्व शाखाको सिफारिसमा समयमा नै अन्तराष्ट्रिय सङ्‍घ संस्थाको सदस्यता शुल्क भुक्तानी गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतको मासिक वित्तीय प्रगति विवरण सम्बन्धी कार्य गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रशासन सम्बन्धी कार्य गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयको लागि आवश्यक सम्पत्ति तथा जिन्सी सामानको व्यवस्थापन गर्ने,
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सूचना आयोग, हेलो सरकार र राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायहरुको सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
  • लेखा समूहका कर्मचारीहरुको आचरण परिपालना सम्बन्धी कार्यहरु गर्ने, गराउने,
  • शाखागत कार्य विवरणमा उल्लेख नभएका अन्य महालेखा नियन्त्रक कार्यालयसँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।

कर्मचारी प्रशासन शाखा 

  • संघीय मन्त्रालय तथा केन्द्रीय निकायहरु अन्तर्गत लेखा समूहको दरबन्दी सिर्जना तथा व्यवस्थापन सम्बन्धमा समन्वय तथा प्रतिनिधित्व गर्ने,
  • लेखा समूहको कर्मचारीहरुको रिक्त पदहरुको पदपूर्ति सम्बन्धी कार्यहरू गर्ने,
  • लेखा समूहका कर्मचारीहरुको नियुक्ति र पदस्थापन सम्बन्धी कार्यहरू गर्ने,
  • लेखा समूहका कर्मचारीहरुको निजामती सेवा ऐन/नियमावली तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार सरुवा/कामकाज र बढुवा सम्बन्धी कार्यहरू गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय, अन्तर्गत निकायहरु तथा अन्य निकायहरु (पुल दरबन्दी) मा कार्यरत कर्मचारीहरुको अवकाश, राजीनामा स्वीकृति सम्बन्धी कार्यहरु गर्ने,
  • लेखा समूहका कर्मचारीहरुको विभागीय कारवाही तथा सजाय सम्बन्धी कार्यहरू गर्ने,
  • लेखा समूहका कर्मचारीहरुको अर्ध बार्षिक तथा बार्षिक कार्यसम्पादन मूल्याङ्‍कन गर्ने,
  • लोक सेवा आयोग र सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
  • निजामति सेवा ऐनको दफा ४८ अनुसार विभागीय स्वीकृति दिने ।
  • कर्मचारी प्रशासन सम्बन्धी अन्य कार्यहरु गर्ने ।

लेखा सुदृढीकरण र योजना शाखा 

मानव स्रोत विकास सम्बन्धी

  • लेखा समूहका जनशक्तिको सूची (Inventory) तयार गरी मानव स्रोत विकास योजना बनाउने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायहरुको संगठन व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्यहरु गर्ने,
  • जनशक्तिको क्षमता विकासका लागि Training Need Assessment को अध्ययन प्रतिवेदन अनुसार तालिम सम्बन्धी कार्य गर्ने,
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम तथा वृत्ति विकासका अवसरहरूका लागि कमर्चारी मनोनयन तथा सिफारिस गर्ने,
  • सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र लगायतका अन्य तालिम प्रदायक निकायहरुको सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम तथा वृत्ति विकासका अवसरहरू पहिचान गरी सिफारिस गर्ने ।

सार्वजनिक वित्तीय सुधार सम्बन्धी 

  • सरकारी लेखा प्रणाली सुधारको लागि नीति, कानुन, कार्यविधि, निर्देशिका, दिग्दर्शन र मापदण्ड तयारी सम्बन्धी कार्यहरू गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयको आवधिक रणनैतिक योजना तयारी तथा कार्यान्वयनमा समन्वय गर्ने,
  • सङ्‍घ, प्रदेश, स्थानिय तह तथा एक्स्ट्रा बजेटरी निकायको लेखा ढाँचा, खाता सूची, आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या तर्जुमा र संशोधन सम्बन्धी कार्य गर्ने,
  • एक्स्ट्रा बजेटरी निकायको लेखाङ्कन, प्रतिवेदन, बैंकिङ व्यवस्थापन सम्बन्धमा एकरुपता कायम गर्न आवश्यक नीतिगत र कानूनी व्यवस्था  तथा मापदण्ड तर्जुमा सम्बन्धी कार्य गर्ने,
  • नेपाल सार्वजनिक क्षेत्र लेखामान बोर्डमा प्रतिनिधित्व गर्ने र लेखामान कार्यान्वयन सम्बन्धी आवश्यक कार्य गर्ने,
  • सार्वजनिक वित्तीय व्यवस्थापन सुधारमा संलग्न विकास सहायता साझेदारहरुको सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयका विभिन्न शाखावाट हुने सार्वजनिक वित्तीय सुधार सम्बन्धी कार्यहरुको लागि वित्तीय व्यवस्थापन सुधार इकाईको कार्य गर्ने तथा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व कार्यान्वयन इकाइको सचिवालयको कार्य गर्ने,

योजना, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी 

  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका कार्यालयहरूको बजेट तर्जुमा, कार्यक्रम संशोधन, रकमान्तर, स्रोतान्तर तथा थप बजेट निकासा सम्बन्धी कार्य गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतको एकीकृत आवधिक प्रगति विवरण तयार गर्ने,
  • ‍महालेखा नियन्त्रक कार्यालय र अन्तर्गत कार्यालयहरुको कार्यसम्पादनको सम्बन्धमा अन्य शाखाहरुको समन्वयमा अनुगमन मूल्याङ्‍कन सम्बन्धी कार्य गर्ने र आवश्यक प्रतिवेदन तयार गर्ने ।

 

कानुन शाखा

  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, नियम  तथा अन्य सान्दर्भिक कानुनको कार्यान्वयनका सम्बन्धमा माग भई आएका बिषयमा राय परामर्श उपलब्ध गराउने,
  • महालेखा नियन्त्रक कार्यालयका विभिन्‍न पदाधिकारी तथा शाखाहरूबाट सम्पादन हुने कार्यमा समाविष्ट कानूनी बिषयमा आवश्यकता अनुसार राय परामर्श उपलब्ध गराउने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतबाट तर्जुमा हुने कानुन, निर्देशिका तथा दिग्दर्शन लगायतमा कानुनी पक्षबाट कार्य गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायको कानुनी रूपमा प्रतिनिधित्व गर्नुपर्ने निकायमा प्रतिनिधित्व गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायको तर्फबाट अड्डा अदालत, मध्यस्तथा वा अन्य कुनै निकायमा प्रतिवाद तथा छलफलमा उपस्थित हुने र जवाफ पेश गर्ने ।

 

कोष व्यवस्थापन शाखा

सञ्‍चित कोष व्यवस्थापन सम्बन्धी

  • सङ्‍घीय सञ्‍चित कोष, विभाज्य कोष र आकस्मिक कोषको लेखाङ्‍कन र प्रतिवेदन सम्बन्धी कार्य गर्ने,
  • दैनिक रुपमा तिनै तहका सरकारको सञ्‍चित कोषको अवस्था तयारी र विश्लेषण सम्बन्धी कार्य गर्ने,
  • सरकारी कारोवार निर्देशिका बमोजिम महालेखा नियन्त्रक कार्यालयको नाममा नेपाल राष्ट्र बैङ्‍क र अन्य बाणिज्य बैङ्‍कमा सञ्‍चित कोष लगायतका अन्य खाताहरू खोल्ने र ती खाताको सञ्‍चालन सम्बन्धी कार्य गर्ने,
  • सञ्‍चित कोष र महालेखा नियन्त्रक कार्यालयमा रहेका खाताहरुको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्ने गराउने सम्बन्धी कार्य गर्ने,
  • राजस्व बाँडफाँड भएको रकम विभाज्य कोषबाट सम्बन्धित सरकारको सञ्‍चित कोषमा पठाउने सम्बन्धी कार्य गर्ने,
  • आन्तरिक ऋण, बैदेशिक ऋण तथा अनुदानको खर्च र प्राप्तिको लेखा तयार गरी सञ्‍चित कोषमा ट्रान्सफर गर्ने र बजेट खर्च, राजस्व आम्दानी, ऋण लगानी फिर्ता, शेयर विक्री लगायतका आम्दानीको सञ्‍चित कोषमा हिसाव मिलान लगायतका कोषको रकम ट्रान्सफर गर्ने सम्बन्धी कार्य गर्ने,
  • वित्तीय हस्तान्तरण, भुक्तानी निकासा, राजस्व सङ्‍कलन, खाता बन्दी, निकासा/अनुदान फिर्ता, हिसाव मिलान/समायोजन, राजस्व बाँडफाँड, बैङ्‍क खाता सञ्‍चालन आदीको सम्बन्धमा कोष तथा लेखा नियन्त्रक कार्यालय, सरकारी कार्यालय र अन्य सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
  • सञ्‍चित कोष सञ्‍चालन सम्बन्धमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्‍क, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय लगायतका निकायमा आवश्यक समन्वय गर्ने,
  • सरकारी कारोवार निर्देशिका बमोजिम “क” र “ख”  समुहको खाता सञ्‍चालन गर्ने बैङ्‍कहरू तोक्न सिफारिस गर्ने र ”ग” समुहको खाता सञ्‍चालन गर्ने बैङ्‍कहरू तोक्न अन्तरसरकारी वित्त समन्वय शाखाको समन्वयमा सिफारिस गर्ने,
  • सञ्‍चित कोष तथा अन्य सरकारी कारोवारको सञ्‍‍चालनका सम्बन्धमा नेपाल राष्ट्र बैङ्‍क र अन्य बाणिज्य बैङ्‍कहरुसँग आवश्यक समन्वय र सहजिकरण गर्ने,
  • नेपाल सरकारको शोधभर्ना हुने केन्द्रीय ऋण तथा अनुदान खाताको सञ्‍‍चालन गरी सञ्‍चित कोषमा रकम ट्रान्सफर गर्ने,
  • नेपाल राष्ट्र बैङ्‍कमा रहेका विशेष तथा ईम्प्रेष्ट खाता खोल्न सिफारिस गर्ने र ती खाताहरुको आम्दानी खर्च रकमको विवरण तयारी गर्ने, 
  • सार्वजनिक वित्तीय व्यवस्थापनका लागि हाल सञ्चालनमा रहेका IPFMS (TSA, CGAS, TMS), EFT, RMIS लगायतका प्रणाली सञ्‍चालन गर्ने ।

एक्स्ट्रा बजेटरी निकाय सम्बन्धी

  • एक्स्ट्रा बजेटरी निकायको पहिचान गरी सूचीकृत गर्ने,
  • एक्स्ट्रा बजेटरी निकायको बैङ्‍क खाता सञ्‍‍चालन सम्बन्धमा नेपाल राष्ट्र बैङ्‍कमा सिफारिस गर्ने,
  • एक्स्ट्रा बजेटरी निकायहरुको सम्पर्क शाखाको रुपमा कार्य गर्ने ।

राजस्व व्यवस्थापन तर्फ 

  • अन्तर सरकार तथा अन्तर जिल्ला भौचर संशोधन सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको सिफारिसमा संशोधन गर्ने,
  • राजस्व व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा देखिएका समस्याहरुको पहिचान, वर्गीकरण गरी समस्या समाधान गर्ने,
  • राजस्व संकलन तथा व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने / गराउने ।

 

प्रणाली अनुसन्धान तथा विकास शाखा

  • सार्वजनिक वित्तीय व्यवस्थापनका लागि आवश्यक पर्ने सफ्टवेयर विकास, स्तरोन्‍नति, अन्तरआवद्धता र परिमार्जनका सम्बन्धमा अध्ययन गर्ने गराउने,
  • महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गरेका IPFMS (TSA, CGAS,TMS), EFT, RMIS, PAMS, SuTRA, Project Accounting Module लगायतका प्रणालीहरु सम्बन्धित शाखा र सूचना प्रविधि शाखासँग समन्वय गरी स्तरोन्‍नति र परिमार्जन गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयबाट सञ्‍चालित प्रणाली र अन्य निकायबाट सञ्‍चालित प्रणाली विचमा अन्तरआवद्धता  सम्बन्धी कार्यहरु गर्ने, 
  • प्रणाली विकास तथा स्तरोन्नती सम्बन्धमा आएका समस्या तथा गुनासो सम्बोधनको लागि आवश्यक गुनासो समाधान प्रणाली (Grievances handling System) सञ्‍चालन गर्ने, 
  • विकास भइ सञ्चालनमा रहेका प्रणालीहरु सम्बन्धी निर्देशिका/कार्यविधि र प्रयोगकर्ता पुस्तिका तयारी तथा परिमार्जन गर्ने,
  • आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम १२९ बमोजिम विभिन्‍न निकायले विकास गर्ने सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी विद्युतिय प्रणालीको Alignment Test सहित स्वीकृति दिने,
  • Data Integrity कायम गर्नका लागि महालेखा नियन्त्रक कार्यालयले विकास गरेका प्रणालीहरु सँग बैङ्‍क, वित्तीय संस्थाहरुको हिसाब भिडान तथा विद्युतिय भुक्तानीको लागि अन्तरआवद्धता तथा कार्यान्वयनको नियमित अनुगमन गर्ने, 
  • एकीकृत वित्तिय व्यवस्थापन सूचना प्रणाली (IFMIS) को कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयले सञ्चालनमा ल्याएको प्रणालीहरुको Impact Assessment गरी प्रणालीगत नयाँ आयामहरुको आवश्यक विश्लेषण सहितको अध्ययन, अनुसन्धान गर्ने/गराउने,
  • महालेखा नियन्त्रक कार्यालयले सञ्‍‍चालन गरेका प्रणालीमा रहेका Periodic Reconciled Financial Statements हरु लाइ सुचना प्रविधि शाखासँगको समन्वयमा आर्काइभ गर्नका निमित्त वित्तिय प्रतिवेदन शाखालाइ सहजीकरण गर्ने,
  • PFM प्रणालीहरुको विकास र स्तरोन्नतीको लागि आवश्यक पर्ने पूर्वाधार विकास सम्बन्धमा खरिद प्रक्रियालाई अगाडि बढाउन सूचना प्रविधि शाखालाइ आवश्यक सहयोग तथा परामर्श उपलव्ध गराउने,

 

सूचना प्रविधि शाखा 

पूर्वाधार तथा प्रणाली सञ्चालन सम्बन्धी

  • सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी प्रणालीको विकास, नियमित सञ्‍चालन, स्तरोन्नति, अन्तरआवद्धता लगायत प्रणाली सुधारमा प्राविधिक विशेषज्ञता प्रदान गर्ने, 
  • सञ्‍‍चालनमा रहेका प्रणालीहरुको निर्वाध सञ्चालनका लागि खटिएका (सपोर्टमा संलग्न) जनशक्ति परिचालनका सम्बन्धमा अनुगमन, मूल्याङ्कन गर्ने,
  • प्रणाली विकास र स्तरोन्‍नति गर्दा अवलम्बन गर्नुपर्ने प्राविधिक विषयको मापदण्ड निर्धारण गर्ने, 
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायबाट सञ्‍चालित प्रणाली सञ्‍चालनको क्रममा देखा परेका प्राविधिक समस्याको तत्काल समाधान गर्ने, गराउने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायले सञ्चालन गर्ने GIOMS, Website लगायतका प्रणालीहरुको प्राविधिक पक्षको निगरानी तथा अद्यावधिक गर्ने,
  • सूचना प्रविधी सम्बन्धमा आवश्यक प्रतिनिधित्व गर्ने, गराउने,
  • नयाँ प्रविधी, सफ्टवेयर वा हार्डवेयर आवश्यकताका लागि अध्ययन, मूल्याङ्कन गरी आवश्यक मापदण्ड सहित सिफारिस गर्ने,
  • सूचना प्रविधीमा आधारित प्रणाली तथा पूर्वाधारहरुको Security Audit, Penetration Testing, Vulnerability Assessment सम्बन्धी कार्य गर्ने।
  • महालेखा नियन्त्रक कार्यालयमा सञ्‍चालनमा रहेको मुख्य Data Center लगायत व्याकअप, रिकभरी सेन्टर, Nearby Data Center को सञ्‍चालन र अवस्थाको बारेमा निरन्तर अनुगमन गर्ने, 
  • Data Center सञ्‍चालनको लागि आवश्यक इलेक्ट्रिसिटि, इलेक्ट्रिसिटि व्याकअप, वाइरिङ आदिको व्यवस्थापन गर्न आन्तरिक प्रशासन शाखासँग समन्वय गर्ने,
  • Data Warehouse स्थापना, सञ्‍चालन र व्यवस्थापन गर्ने,
  • सूचना प्रविधी प्रणाली सञ्‍‍चालनका लागि आवश्यक पर्ने Server, Networking, Security लगायतका सूचना प्रविधी पूर्वाधारको स्थापना, स्तरोन्‍नति, नियमित सञ्‍चालन तथा मर्मत संभार गर्ने, 
  • कोष तथा लेखा नियन्त्रक कार्यालय लगायत अन्य निकाय/व्यक्तिलाई Virtual Private Network पहुँच प्रदान गर्ने, पहुँच रोक्ने, पहुँचको नीति निर्धारण गर्ने,
  • कार्यालयभित्रको नेटवर्क (LAN, WAN, Internet Connectivity) तथा सुरक्षा पूर्वाधार स्थापना, सञ्‍‍चालन र मर्मत गर्ने साथै थप प्राविधिक दक्षता आवश्यक पर्ने भएमा सोको व्यवस्थापन गर्ने ।
  • प्रणाली सञ्‍‍चालनको लागि आवश्यक डाटवेसको नियमित अवस्था विश्लेषण गरी आवधिक प्रतिवेदन तयार गर्ने।
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायहरुको लागि सूचना प्रविधि सम्बन्धी उपकरण एवं सफ्टवेयर विकास तथा खरिदका लागि आवश्यक स्पेशिफिकेशन, लागत अनुमान प्रणाली अनुसन्धान तथा विकास शाखाको समन्वयमा तयार गर्ने तथा अन्य आवश्यक प्राविधिक विशेषज्ञ सेवा दिने, 
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका कार्यालयमा प्रयोगमा रहेका हार्डवयर र सफ्टवेयरको Hardware AMC Support, Software Licenses, Subscription Licenses, and AMC Services सम्बन्धी कार्य गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय वा अन्तर्गतका निकायहरुको ICT Equipments and Infrastructures को नियमित अनुगमन गरी Maintenance and Replacements प्रतिवेदन तथा योजना तयार गर्ने।
  • प्रणाली सञ्‍‍चालनको लागि आवश्यक पर्ने SMS सेवा, इमेल सेवाको व्यवस्थापन सम्बन्धी कार्य,

प्रणाली सुरक्षा सम्बन्धी

  • नियमित र गुणस्तरिय सेवा प्रवाहको सुनिश्चितताको लागि Data Security Management लाइ प्रभावकारी बनाउने,
  • विद्युतीय प्रणालीको सुरक्षित र व्यवस्थित प्रयोग सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयले संगठनात्मक तहमा लिनुपर्ने प्रणालीको सुरक्षित उपयोग, प्रणालीको सुरक्षा, व्याकअप, प्रणाली माथिको पहुँच लगायतका सम्बन्धमा लिनुपर्ने नीति, रणनीति, मापदण्ड तयार गर्न र सो को कार्यान्वयन गर्ने,
  • विद्युतीय प्रणाली भित्र जिम्मेवारी अनुसारको पहिचानयुक्त पहुँचको व्यवस्था गर्ने, संशोधन गर्ने र नियमित अनुगमन गर्ने,
  • नियमित डेटा ब्याकअप, स्टोरेज र रिकभरी प्रणाली सुनिश्चित गर्ने,
  • नेपाल सरकारले अबलम्बन गरेको सुरक्षा नीतिहरू लागू गर्ने र सुरक्षासँग सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्ने,
  • सुरक्षासँग सम्बन्धित Global Standard/Benchmark तथा संस्थागत आवश्यकताको तुलनात्मक विश्लेषण सहितको प्रतिवेदन आवश्यकता अनुसार तयार गर्ने ।

 

अन्तरसरकारी वित्त समन्वय शाखा

प्रदेश तथा स्थानीय संचित कोष व्यवस्थापन सम्वन्धी कार्य

  • सरकारी कारोबार निर्देशिका बमोजिम ”ग” समूहको खाता सञ्‍चालन गर्ने बैङ्‍कहरू तोक्न कोष व्यवस्थापन शाखालाइ सिफारिस गर्ने,
  • सम्वन्धित निकायको माग अनुसार  ”ग” समूहको खाता खोल्न स्वीकृति दिने सम्बन्धमा कोष व्यवस्थापन शाखालाइ सिफारिस गर्ने,
  • स्थानीय तहको वजेट, राजस्व, लेखाङ्कन तथा वित्तीय प्रतिवेदन आदि सम्वन्धमा आवश्यक सहजीकरण एवं क्षमता विकास गर्ने,
  • वित्तीय हस्तान्तरण तथा अनुदान फिर्ता सम्वन्धी अनुगमन, समन्वय र सहजीकरण गर्ने,
  • कोष तथा लेखा नियन्त्रक कार्यालयहरुवाट हुने स्थानीय तहको हिसाव भिडानको अनुगमन, सहजीकरण गर्ने ।
  • स्थानीय तह तथा कोष तथा लेखा नियन्त्रक कार्यालयहरुवाट स्थानीय तहको हिसाव भिडान भएको एकीकृत वित्तीय विवरण प्राप्त गरी ७५३ वटै स्थानीय तहको एकीकृत वित्तीय प्रतिवेदन तयार गर्ने ।
  • स्थानीय तहको खाता संचालन गर्ने बैंकहरुसँग समन्वय र सहजीकरण गर्ने ।
  • स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली (SuTRA) र सो सम्वन्धित अन्य प्रणालीको संचालन, प्रणाली संचालनमा देखिएका समस्या समाधानका लागि सपोर्ट सेवा व्यवस्थापन गर्ने,

वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँड सम्बन्धी

  • अन्तरसरकारी वित्त हस्तान्तरण, राजस्व बाँडफाँड सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयले गर्नुपर्ने गरी गरिएका व्यवस्थाको कार्यान्वयन गर्ने/गराउने,
  • सङ्‍घीय सरकारबाट बाँडफाँड हुने गरी सङ्‍कलन भएको कर राजस्व रकम र रोयल्टी रकम बाँडफाँड गर्ने,
  • विभाज्य कोष खाता संचालन गर्ने तथा राजस्व बाँडफाँड भएको रकम विभाज्य कोषबाट सम्बन्धित सरकारको सञ्‍चित कोषमा पठाउने,
  • राजस्व बाँडफाँडको आन्तरिक तथा अन्तिम लेखा परीक्षण गर्ने गराउने तथा कैफियत र सुझाव कार्यान्वयन गर्ने गराउने,
  • वित्तीय संघीयताका सम्वन्धमा महालेखा नियन्त्रक कार्यालयको तर्फवाट अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग लगायतका निकायहरुमा प्रतिनिधित्व गर्ने, 
  • अन्तर सरकारी वित्त परिषद्‌का निर्णय कार्यान्वयनमा समन्वय र सहजीकरण गर्ने,
  • अन्तरसरकारी वित्त हस्तान्तरण र राजस्व बाँडफाँडलाई थप व्यवस्थित बनाउन आवश्यक अध्ययन अनुसन्धान गर्ने गराउने, 
  • तीन तहका सरकारहरुको अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्धी तोकिएका अन्य कार्यहरु गर्ने,

 

वित्तीय प्रतिवेदन शाखा  

हिसाव भिडान सम्वन्धी कार्य

  • सङ्‍घीय सरकारका केन्द्रीय निकायहरूको विनियोजन, राजस्व, सोझै भुक्तानी, वस्तुगत सहायता र अन्य कारोबारको कोष तथा लेखा नियन्त्रक कार्यालय तथा केन्द्रीय निकायहरुसँग हिसाब भिडान सम्बन्धी कार्य गर्ने,
  • धरौटी, कार्यसञ्‍‍चालन कोष तथा अन्य सरकारी कोषको कोष तथा लेखा नियन्त्रक कार्यालयहरुसँग हिसाब भिडान सम्बन्धी कार्य गर्ने,
  • एकीकृत वित्तीय विवरण तयारी गर्न आवश्यक तथ्याङ्‍क तथा प्रतिवेदनहरु सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय तथा स्थानीय तह र एक्स्ट्रा बजेटरी निकायहरुबाट प्राप्त गर्ने र भिडान गर्ने,
  • विभिन्न सरकार तथा निकायहरुबाट प्राप्त विवरण तथा प्रतिवेदनहरुको नियमित रुपमा जाँच गरी त्रुटी सुधार र सुझाव प्रदान गर्ने ।

वित्तीय प्रतिवेदन तयारी सम्वन्धी कार्य

  • तीनै तहका सरकारको सार्वजनिक क्षेत्र लेखा मानदण्ड (NPSAS) बमोजिम एकीकृत वित्तीय विवरण महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने तथा एकीकृत वित्तीय विवरण Consolidated Financial Statement (CFS) तयारी र प्रकाशन गर्ने,
  • प्रदेशको एकीकृत वित्तीय प्रतिवेदन तयार गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने,
  • नेपाल सरकार र तीनै तहको सरकारको एकीकृत वित्तीय विवरणको लेखापरीक्षण गराउने तथा  महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण सुझाव लाइ अन्य शाखाहरु सँग समन्वय गरी कार्यान्वयन गर्ने गराउने,
  • बार्षिक प्रतिवेदन तयारी पश्चात तथ्याङ्ककीय विश्लेषण गरी आवश्यक सूचनाहरु प्रकाशन तथा प्रशारण गर्ने,
  • तथ्याङ्कीय विवरणहरु सम्बन्धमा अन्तर्राष्ट्रिय असल अभ्यासहरुको आन्तरिकीकरण गर्न अध्ययन अनुसन्धान गर्ने

एक्स्ट्रा बजेटरी निकायको लेखाङ्कन र वित्तीय प्रतिवेदन तयारी सम्वन्धी कार्य

  • एक्स्ट्रा बजेटरी निकाय पहिचानको आधार र  निकायहरुको नक्साङ्कन तयारी र कार्यान्वयन गर्ने,
  • एक्स्ट्रा बजेटरी निकायहरुको लेखाङ्कन र प्रतिवेदनलाई व्यवस्थित गर्न विकास गरिएको सूचना प्रविधीमा आधारित प्रणालीको सञ्‍चालन सम्वन्धी कार्य गर्ने 
  • शाखावाट सञ्चालन हुने प्रणालीहरूको स्तरोन्नतीको लागि प्रणाली अनुसन्धान तथा विकास शाखा र सुचना प्रविधी शाखालाई सिफारिस गर्ने,
  • केन्द्रीय निकाय तथा एक्स्ट्रा बजेटरी निकायहरुको एकीकृत वित्तीय प्रतिवेदन तयार गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने,

तथ्यांकको प्रशोधन तथा अन्य निकायहरूलाई तथ्यांक उपलव्ध गराउने सम्वन्धी कार्य

  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतको निकायको कार्यसम्पादनसँग सम्बन्धित सूचना तथा तथ्याङ्‍क सङ्‍कलन गर्ने र सङ्‍कलित तथ्याङ्‍कको विश्लेषण र तुलनात्मक अध्ययन गरी प्रतिवेदन तयारी र प्रकाशन गर्ने, सरोकारवाला हरु लाई प्रतिवेदन/ सूचना उपलब्ध गराउने,
  • समष्टिगत आर्थिक विश्लेषणका लागि महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराउनुपर्ने विवरण तथा प्रतिवेदन हरू उपलब्ध गराउने,
  • आर्थिक सर्वेक्षण, संशोधित अनुमानका लागि अर्थ मन्त्रालय  तथा अन्य सरोकारवाला निकायहरुबाट माग भए अनुसारका विवरणहरु उपलब्ध गराउने,
  • अन्य सरकारी निकाय, नेपाल राष्ट्र बैङ्‍क तथा दातृ निकायहरुबाट माग भए बमोजिमको तथ्याङ्‍क तथा विवरण उपलब्ध गराउने,
  • तथ्याङ्‍क विश्लेषण तथा सूचना प्रकाशन सम्बन्धी विभिन्‍न कार्यक्रममा सहभागिता तथा प्रतिनिधित्व गर्ने, गराउने,
  • हिसाब भिडान तथा वित्तीय प्रतिवेदन तयार गर्ने सम्बन्धमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई र सम्बन्धित निकायलाई निर्देशन दिने,
  • महालेखा नियन्त्रक कार्यालयले सञ्‍‍चालन गरेका प्रणालीमा रहेका Periodic Reconciled Financial Statements हरु लाइ सुचना प्रविधी तथा प्रणाली अनुसन्धान तथा विकास शाखाको समन्वयमा आर्काइभ गर्ने।

अन्य कार्यहरू

  • अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैंक, राष्ट्रिय तथ्यांक कार्यालय, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, IMF जस्ता निकायहरूलाई आवश्यक पर्ने तथ्यांक उपलव्ध गराउन फोकल शाखाको कार्य गर्ने ।
  • नेपाल सरकारका निकायहरू प्रदेश र स्थानिय तहको सार्वजनिक क्षेत्र लेखा मानदण्ड (NPSAS) बमोजिम एकीकृत वित्तीय विवरण तयार गर्ने गराउने कार्यको लागि क्षमता विकास सम्वन्धी कार्य गर्ने,
  • एक्स्ट्रा बजेटरी निकायहरुको लेखाङ्कन र प्रतिवेदनको क्षमता विकास सम्वन्धी कार्य गर्ने र आवश्यकतानुसार सहजीकरण गर्ने,
  • वित्तीय प्रतिवेदन प्रणालीलाई व्यवस्थित गर्न विकास गरिएको FMIS/mFMIS को सञ्चालन र स्तरोन्नती सम्वन्धमा प्रणाली अनुसन्धान तथा विकास शाखासँग आवश्यक समन्वय गर्ने ।

 

बजेट तथा शोधभर्ना शाखा 

बजेट कार्यान्वयन सम्बन्धी

  • सङ्‍घीय सरकारको स्वीकृत बजेट कार्यान्वयन सम्बन्धमा विद्यमान कानुन र अर्थ मन्त्रालयको मार्गदर्शनको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालय तथा अन्य कार्यालयहरुलाई आवश्यक निर्देशन जारी गर्ने,
  • वजेट रकमान्तर, स्रोतान्तर तथा भैपरी रकमको बाँडफाँड सम्बन्धी निर्णय कार्यान्वयनको व्यवस्था गर्ने,
  • बजेट कार्यान्वयनमा आइपर्ने द्विविधा सम्बन्धमा स्पष्ट गर्ने/गराउने,
  • बजेट कार्यान्वयनका क्रममा हुनसक्ने बेमेल तथा अन्य कैफियतहरूको हिसाव मिलान गराउने,
  • अर्थ मन्त्रालयबाट आदेश लिई अर्थ बजेटको निकासा र पटके रुपमा प्राप्त निकासाको कार्यान्वयनको लागि आवश्यक व्यबस्था तथा निर्देशन दिने,
  • बहालवाला कर्मचारीहरुको औषधोपचार रकम निकासा कार्यान्वयनको लागि आवश्यक व्यबस्था तथा निर्देशन दिने,
  • सेवा निवृत्त कर्मचारीहरुको सुविधा रकम निकासा कार्यान्वयनको लागि सहजीकरण गर्ने,
  • सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९४(१०) बमोजिम प्राप्त अधिकार अनुसार घर भाडा बृद्धिको सहमति सम्बन्धी कार्य गर्ने ।

शोधभर्ना तथा फुकुवा सम्बन्धी 

  • वैदेशिक सहायता समावेश आयोजना लेखालाइ व्यवस्थित गर्न विकास गरिएको आयोजना लेखा व्यवस्थापन प्रणाली (Project Accounting Management Module) सञ्‍‍चालन गर्ने/ गराउने,
  • प्रणाली अनुसन्धान तथा विकास शाखाको समन्वयमा शाखाबाट सञ्चालित प्रणालीको स्तरोन्नती गर्ने,
  • दातृसंस्थाबाट शोधभर्ना हुने गरी नेपाल सरकारको स्रोतबाट भएको खर्च र शोधभर्ना प्राप्तिको आयोजनागत अभिलेख राख्‍ने,
  • विभिन्‍न दातृ निकायबाट प्राप्त नगद अनुदान सहायता रकमको श्रोतगत तथा कार्यक्रमगत अभिलेख राख्‍ने,
  • आयोजनाहरुबाट दातृ संस्थामा पेश गर्नुपर्ने लेखापरीक्षण नभएको तथा लेखापरीक्षण भएको आयोजना लेखा तथा वित्तीय विवरण जाँच, सिफारिस र अभिलेख सम्बन्धी कार्य गर्ने,
  • नेपाल सरकार र दातृ निकायबीच हुने सहायता सम्झौतामा महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधित्व गर्ने,
  • सम्बन्धित आयोजनाहरूले विशेष/ईम्प्रेष्ट खाताबाट नेपाल सरकारको खातामा रकम ट्रान्सफर गरे, नगरेको वा सम्बन्धित दातृ संस्थासंग शोधभर्ना माग गरे, नगरेको अनुगमन गर्ने,
  • बजेटरी सहायता, नगद तथा शोधभर्ना हुने ऋण तथा अनुदानको निकासा फुकुवा सिफारिस गर्ने,
  • केन्द्रीय ऋण खाता र केन्द्रीय अनुदान खातामा जम्मा रकमको विवरण अद्यावधिक गर्ने,
  • शोधभर्ना हुने गरी निकासा भएको रकम, शोधभर्ना भएको खर्च र प्राप्तिको अभिलेख, हिसाब मिलान र समायोजन गर्ने,
  • नगद ऋण तथा अनुदानको खर्च नभएको रकम सम्बन्धित दातृ निकायको अनुरोधमा फिर्ता मागेमा कोष व्यस्थापन शाखाको समन्वयमा फिर्ता गर्ने व्यस्था मिलाउने, 
  • नगद अनुदान र नगद ऋण श्रोतको नगद प्राप्ति, स्रोतको उपयोग र मौज्दात सम्बन्धमा नियमित रुपमा सम्बन्धित दातृ निकाय र आयोजनासँग हिसाव भिडान र समायोजन गर्ने,
  • नगद तथा शोधभर्ना हुने प्राप्ति र खर्च रकम (ऋण तथा अनुदान) को वार्षिक आर्थिक विवरण तयार गर्ने,
  • नगद तथा शोधभर्ना हिसाबको आर्थिक विवरणको लेखापरीक्षण गराउने, लेखापरीक्षणबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने,
  • शोधभर्ना प्राप्ति, हिसाब मिलान तथा सम्बन्धित अन्य कार्यमा महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधित्व गर्ने,
  • बैदेशिक सहायताको नगद प्रवाह व्यवस्थापन सम्बन्धमा अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, आयोजना र दातृ निकायसंग आवश्यक समन्वय गर्ने,
  • बैदेशिक स्रोतबाट प्रदेश र स्थानीय तहमा जाने रकमको म्यापिङ्ग गरी हिसाव मिलान गर्न सम्पर्क शाखाको रुपमा कार्य गर्ने ।

 

सार्वजनिक सम्पत्ति व्यवस्थापन शाखा 

  • सबै सरकारी कार्यालयहरुमा सार्वजनिक सम्पत्तिको लेखाङ्कन र प्रतिवेदन गर्ने गराउने 
  • सरकारी निकायको जिन्सी निरिक्षण कार्यमा समन्वय र सहजीकरण सम्बन्धी कार्य गर्ने,
  • सावजनिक सम्पत्तिको तीनै तहका सरकारको एकीकृत विवरण तयार गर्ने,
  • सार्वजनिक सम्पत्ति व्यवस्थापन सम्बन्धमा विभिन्न निकायलाई आवश्यक निर्देशन गर्ने,
  • सम्पत्तिको लिलाम कार्यको व्यवस्थापनको लागि निर्देशिका तर्जुमा एवं संशोधन सम्बन्धी कार्य गर्ने,
  • सार्वजनिक सम्पत्तिको प्राप्ति, उपयोग तथा व्यवस्थापन र लिलामीका लागि विभिन्‍न निकायमा महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधित्व गर्ने,
  • सार्वजनिक सम्पत्तिको लेखाङ्कन र प्रतिवेदन गर्ने व्यवस्थाका लागि विकास गरिएको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) सञ्‍‍चालन गर्ने/ गराउने, 
  • शाखाबाट विकास तथा सञ्‍‍चालनमा रहेका प्रणालीहरुको सहजीकरणमा संलग्न जनशक्तिको Business process सम्बन्धमा आवश्यक समन्वय र सहजिकरण सम्बन्धी कार्य गर्ने,
  • शाखाबाट सञ्चालित प्रणालीको विकास र स्तरोन्नतीको लागि प्रणाली अनुसन्धान तथा विकास शाखालाई आवश्यक सहजीकरण गर्ने ,
  • तीनै तहका सरकारको सम्पति तथा जिन्सीको एकीकृत लगत तयार गर्न आवश्यक समन्वय र सहजीकरण सम्बन्धी कार्यहरु गर्ने,
  • सार्वजनिक सम्पत्ति व्यवस्थापन सम्बन्धी नीति, निर्देशिका, निर्देशिकाहरुको कार्यान्वयन र कार्यान्यनमा देखिएका समस्या समाधानको लागि सुझाब पेश गर्ने,
  • विभिन्‍न मन्त्रालयहरुको समन्वयमा पुर्वाधार लगायतका सम्पत्ति मूल्याङ्‍कनको नीतिगत आधार तयार गर्ने र लेखा सुदृढीकरण तथा योजना शाखासँगको समन्वयमा सम्पत्ति मूल्याङ्‍कन र व्यवस्थापनको नीति तयारी सम्बन्धी कार्य गर्ने,
  • पुर्वाधार सम्पत्तिको अभिलेखाङ्कन र मूल्याङ्‍कनको लागि प्रणाली विकास गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्ने र विकास गरिएको प्रणाली सञ्चालन गर्ने गराउने,
  • सार्वजनिक सम्पत्तिको व्यवस्थापन सम्बन्धमा अन्य आवश्यक कार्यहरु गर्ने,

 

आन्तरिक लेखापरीक्षण शाखा  

आन्तरिक नियन्त्रण सम्बन्धी

  • सङ्‍घ,प्रदेश तथा स्थानीय तहको आन्तरिक नियन्त्रण प्रणालीको सम्पर्क इकाइको रुपमा कार्य गर्ने,
  • लेखा सुढृढीकरण तथा योजना शाखासँगको समन्वयमा आन्तरिक नियन्त्रण दिग्दर्शन तर्जुमा, संशोधन तथा परिमार्जन गरी कार्यान्वयन गर्ने गराउने, 
  • नेपाल सरकारको आन्तरिक नियन्त्रण पद्धति सम्बन्धि स्थितिपत्र (Status Paper) तयार गर्ने,
  • विभिन्‍न निकायको आन्तरिक नियन्त्रण प्रणाली तयार गर्नको लागि आवश्यक समन्वय र सहजीकरण गर्ने,

आन्तरिक लेखापरीक्षण सम्बन्धी

  • आन्तरिक लेखापरीक्षणका लागि जोखिम रजिष्ट्रर खडा गरी अद्यावधिक गर्ने,
  • जोखिम सूचकहरुको निर्धारण गरी कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाइ आवधिक रुपमा सञ्चार गर्ने,
  • लेखा सुढृढीकरण तथा योजना शाखासँगको समन्वयमा आन्तरिक लेखापरीक्षण निर्देशिका/कार्यविधि/मापदण्ड/ हाते पुस्तिका/आचार संहिता विकास र परिमार्जन सम्बन्धि कार्य गर्ने,
  • सङ्‍घीय कार्यालय, विदेश स्थित नियोगहरु र माग भए अनुसार अन्य निकायहरुको आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण गर्ने, गराउने,
  • आन्तरिक लेखापरीक्षकका लागि आन्तरिक लेखापरीक्षण र जोखिममा आधारित आन्तरिक लेखापरिक्षण सम्बन्धी तालिम सञ्‍‍चालन गर्ने,
  • आन्तरिक लेखापरीक्षणका लागि तयार भएको सफ्टवेयर प्रणाली सञ्‍‍चालन गर्ने गराउने र प्रणालीमा आवश्यक सुधारको लागि प्रणाली अनुसन्धान तथा विकास शाखासँग आवश्यक समन्वय र सहजीकरण गर्ने,
  • आन्तरिक लेखापरीक्षण तथा सोको प्रतिवेदनको कार्यान्वयनको स्थलगत अनुगमन/निरीक्षण गरी आलेप प्रतिवेदनको कैफियत सुझाव कार्यान्वयनको अनुगमन गरी निर्देशन दिने,
  • आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन तयारी र प्रकाशन गर्ने,

 

लगानी तथा दायित्व शाखा

लगानी सम्बन्धी

  • नेपाल सरकारबाट विभिन्न निकायमा भएको शेयर एवं अन्य लगानी सम्बन्धमा भएका मूल तथा सहायक सम्झौता, तमसुक तथा जमानतपत्रहरूको अभिलेख सङ्कलन गरी वर्गीकृत विवरण तयार गर्ने,
  • नेपाल सरकारबाट विभिन्न निकायमा भएको शेयर एवं अन्य लगानीको अद्यावधिक विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको समन्वयमा आवधिक केन्द्रीय अभिलेख तयार गरी लाभांश, ब्याज, सावाँ फिर्ता, ब्याज पुँजीकरण जस्ता विषयहरुको अद्यावधिक तथ्याङ्क सङ्कलन गर्ने,
  • आयोजनागत रुपमा नेपाल सरकारको सहमतिमा खोलिने Escrow Account जस्ता Third Party Account हरुको अद्यावधिक विवरण तयार गर्ने,
  • नेपाल सरकारबाट विभिन्न संस्थान तथा कम्पनीहरुमा भएको लगानी संरचनामा महालेखा नियन्त्रक कार्यालय लगायत अन्य केन्द्रीय निकायको नाममा शेयर लगत कायम भएको हुँदा त्यसको लगतको साथै शेयर संरचनामा भएको परिवर्तन विनिवेश शेयर बिक्री, शेयर हस्तान्तरण, ऋण मिनाहा, ब्याज छुट तथा सहुलियत जस्ता विषयहरुको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको समन्वयमा अद्यावधिक विवरण तयार गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय शेयरधनी रहेका संस्थान तथा अन्य कम्पनीहरुको साधारण सभा तथा अन्य प्रयोजनको बैठकमा प्रतिनिधित्व गर्ने,
  • बृहत्तर आयोजनाहरुमा हुने लगानीको सम्झौता तथा नगद प्रवाह व्यवस्थापनका लागि विवरण तयारी गर्ने/गराउने,
  • ठूला तथा महत्वपूर्ण आयोजनाहरुको तयारीमा अन्तरनिकाय समन्वय गरी आर्थिक विश्लेषणको आधारमा आयोजना छनौट तथा त्यसका लागि आवश्यक नगद प्रवाहको सन्दर्भमा भूमिका निर्वाह गर्नुको साथै आयोजनासँग सम्बन्धित कागजातको आधारमा विवरण तयार गर्ने,
  • ठूला आयोजनाहरुमा हुने लगानीको सन्दर्भमा Public Investment Management Assessment का आर्थिक पक्ष सम्बन्धी कार्यहरु गर्ने ,
  • नेपाल सरकार वा सार्वजनिक संस्थानवाट दिने सहुलियतपूर्ण सेवा प्रवाह र यसले सृजना गर्ने लगानीको आवश्यक विवरण तयार गर्ने,
  • नेपाल सरकारबाट हुने जमानत लगानीको विषयमा एकीकृत विवरण तयारी गर्ने ।

दायित्व  सम्बन्धी

  • केन्द्रीकृत वेतन व्यवस्थापन (Central Payroll)  सम्बन्धी आवश्यक अध्ययन, अनुसन्धान गरी लेखा सुदृढीकरण तथा योजना शाखाको समन्वयमा नीति तर्जुमा गर्ने,
  • अन्य केन्द्रीय निकायसँगको समन्वयमा सङ्‍घीय कानुन बमोजिम सिर्जित Contingent Liability को अभिलेख राख्‍ने,
  • Contingent Liability Register को विकास गर्ने र सो Register लाइ TSA/IPFMS प्रणालीसँग एकीकृत गरी वित्तिय विवरणमा समावेश गर्ने गरी प्रणाली विकास गर्ने,
  • वित्तीय जोखिम व्यवस्थापन (Fiscal Risk Management) अन्तरगत वित्तीय जोखिम प्रतिवेदन (Fiscal Risk Reporting) को लागि लेखा प्रणालीमा जोखिम मूल्याङ्कन समावेश गर्ने कानुनी प्रावधानहरु पहिचान गरि सो सम्बन्धी कार्य गर्ने,
  • वित्तीय जोखिम प्रतिवेदन (Fiscal Risk Reporting) सम्बन्धी कार्य अन्तर निकायहरुसँग समन्वय गरी सम्पादन गर्ने,
  • नेपाल सरकारले बस्ने जमानत (Contingent Liabilities) सम्बन्धी सबै ऋण, PPP, र ग्यारेण्टी दायित्वको अभिलेख सङ्कलन र विश्लेषण गरी वार्षिक प्रतिवेदन तयार गर्ने,
  • अदालतको निर्णय वा आदेशबाट नेपाल सरकारले व्यहोर्नु पर्ने सम्भावित आर्थिक दायित्वको लगत सङ्‍कलन, अभिलेख एवं प्रतिवेदन गर्ने,
  • वैदेशिक सहायता अन्तर्गत सञ्‍चालित आयोजना वा सो बाट सिर्जना भएको दायित्व वापतको रकमको अभिलेखाङ्‍कन गर्ने एवं प्रतिवेदन गर्ने,
  • नेपाल सरकारले दातृपक्षसँग गरेको सन्धि, सम्झौताको एक प्रति सम्बन्धित केन्द्रीय मन्त्रालयवाट प्राप्त गरी अभिलेख राखी दायित्व भुक्तानीको लागि सिफारिस गर्ने,
  • अन्तर्राष्ट्रिय सदस्यता शुल्क भुक्तानी गर्नुपर्ने विवरण सम्बन्धित मन्त्रालयवाट प्राप्त गरी सो को एकीकृत विवरण तथा बजेट अनुमान र सदस्यता शुल्क भुक्तानी  सिफारिस गर्ने,
  • नेपाल सरकारको निवृत्तिभरण दायित्वको व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने,
  • उठ्न बाँकी सरकारी बाँकी बक्यौता असूल उपर सम्बन्धी कार्य  गर्ने गराउने,
  • राज्यवाट प्रवाह हुने सामाजिक सुरक्षा, वैयक्तिक अनुदान हस्तान्तरण जस्ता कार्य गर्ने गराउने,
  • सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयको सम्पर्क शाखाको रुपमा कार्य गर्ने ।