सुत्र प्रणाली सञ्चालन सम्बन्धी सूचना

सुत्र प्रणाली सञ्चालन सम्बन्धी सूचना

स्थानीय तहहरूको बजेट तयारी, लेखाङ्कन, राजस्व सङ्कलन र प्रतिवेदन प्रणालीलाई व्यवस्थित गर्न सञ्चालित सुत्र प्रणालीमा केही दिनदेखि राजस्व सङ्कलनतर्फ प्राविधिक समस्या आई प्रणाली सुस्त भएको भनी सेवाग्राही नागरिक तथा स्थानीय तहबाट गुनासो प्राप्त भइरहेको विषयप्रति ध्यानकर्षण भएको छ। नयाँ आर्थिक वर्षको सुरुआतसँगै स्थानीय तहबाट आर्थिक ऐन प्रविष्टि गर्ने कार्य भइरहेको र राजस्व सङ्कलनको चाप समेत बढ्दा प्रयोगकर्ताको अत्यधिक सङ्ख्याका कारण प्रणालीमा दबाब पर्न गएको हो। प्रणालीमा देखिएको चापलाई मध्यनजर गर्दै आवश्यक सुधार गरी सेवाप्रवाहलाई सहज बनाउन महालेखा नियन्त्रक कार्यालयबाट निरन्तर कार्य भइरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।