महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा चतुर्थी - १९

दृष्टि र लक्ष्य

क) परिकल्पना (Vision): लेखा उत्तरदायी सार्वजनिक निकाय

आर्थिक अनुशासन स्थापित हुनेछ, आन्तरिक नियन्त्रण प्रणाली स्वचालित बन्नेछ, सार्वजनिक कोषको प्रयोग स्वच्छ, सक्षम र उपलब्धिमूलक भएको विश्वास विधायिका, कार्यपालिका र नागरिकलाई दिइनेछ र लेखा उत्तरदायी सार्वजनिक निकायका प्रभावले समष्टिगत आर्थिक स्थायित्व कायम भई भरोसायोग्य अर्थतन्त्रको निर्माण हुनेछ।

ख) ध्येय (Mission) : सुशासनका लागि राजकीय कोष सञ्चालन

राजकीय कोषको दक्षतापूर्ण उपयोगका लागि सार्वजनिक निकायमा बजेट तर्जुमा, लेखाङ्कन तथा प्रतिवेदन प्रणाली सञ्चालित हुनु पर्दछ, विश्वसनीय, पारदर्शी र समयवद्ध वित्तीय प्रतिवेदन पेस गर्नु पर्दछ, स्थापित प्रणालीहरूको निरन्तर स्तरोन्नती गरिनु पर्दछ र लेखाका मानदण्ड एवं प्रक्रियाहरू नागरिक सेवा र सन्तुष्टिमा सहयोगी बन्नु पर्दछ।

ग) मूल्य (Values) :

देहायका मूल्यहरू कार्यालयको मार्गदर्शक ज्योति हुन् ।